
बाजुरा । बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ । बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक करणी गरेको आरोपमा उजुरी परेको हो ।
माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी तीन जनाले सामूहिक करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटना भएको चार दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका हुन् ।
करणी आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी परेको छ । तीनै जना फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १५:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय