
धनगढी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यसवर्ष पहिलो बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक पाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो । अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यसपटक दोस्रो भएको छ । उसले ५०.९ अंक प्राप्त गरेको छ ।
यस्तै, ४५.६ अंक पाएको बागमती तेस्रो, ४१.६ अंक पाएको कर्णाली चौथो, ४०.८ अंक पाएको गण्डकी पाँचौँ, ३५.९ अंक पाएको लुम्बिनी छैटौँ र ३० अंक पाएको मधेश पुछारमा छ ।
स्थानीय तहहरुमा देशभरमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१ १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय