
धनगढी । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका- २ भेल निवासी ५८ वर्षीय जोशी वडा नम्बर २ कै कुस्मालीमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनु जोशी बिहीबार बिहानदेखि बेपत्ता भएका थिए ।
`जोशी बेपत्ता भएको भन्दै बिहीबार मौखिक जानकारी र शुक्रबार लिखित निवेदन आएको थियो,´ उनले भने, `जोशीको खोजीका लागि डडेल्धुरा प्रहरीका विभिन्न युनिटसंगै अन्य जिल्ला र प्रदेश प्रहरीलाई हुलिया परिपत्र गरिएको थियो । शनिबार दिउँसो जोशी मृत फेला परेका छन् ।´
प्रहरीका अनुसार उनी डडेल्धुरा सदरमुकामबाटै सम्पर्कविहीन भएका थिए ।घटनाबारे अनुसन्धान भइरहेको इन्सपेक्टर बमले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय