Paschim Express
सुदूरपश्चिमको ग्रामीण क्षेत्रभन्दा सहरमा गरिबी बढी

कैलाली । सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा गरिबीको दर ४० दशमलव २१ प्रतिशत पुगेको छ, जुन नेपालका अन्य प्रदेशहरूको तुलनामा सबैभन्दा उच्च हो । प्रदेश सरकारको प्रतिवेदन अनुसार, ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको गरिबी अवस्था नाजुक देखिएको छ, जहाँ ग्रामीण क्षेत्रको गरिबी दर ३० दशमलव ८६ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशको औसत गरिबी दर ३४ दशमलव १६ प्रतिशत रहेको छ, जुन नेपालका सात प्रदेशहरूमा सबैभन्दा माथि छ।  यस प्रदेशसँगै, कर्णाली प्रदेशको २६ दशमलव ६९ प्रतिशत, लुम्बिनी प्रदेशको २४ दशमलव ३५ प्रतिशत, र गण्डकी प्रदेशको ११ दशमलव ८८ प्रतिशत गरिबी रहेको छ ।

नेपालको कुल गरिबी दर २० दशमलव २७ प्रतिशत रहेको तथ्यांकले सुदूरपश्चिम प्रदेशको गरिबीको चुनौतीलाई अझ स्पष्ट बनाउँछ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update