Paschim Express
डोटी र बझाङमा जीप दुर्घटना, १४ जना घाइते

बझाङ । बझाङमा जीप दुर्घटना भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ खोरीस्थित कच्ची सडकमा जीप दुर्घटना भएको हो । भाडे बजारबाट बुडखोरीतर्फ जादैं गरेको सु.प.प्र. ०१ ००१ ज १२६६ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 

घाइते हुनेमा छविसपाथिभेरा गापालिका वडा नम्बर ७ बड्खोरीका २५ वर्षीय इनार महत, ३० वर्षीय प्रकाश धामी, २५ वर्षीय अशोक धामी, १६ वर्षीय निरज धामी, १६ वर्षीय सन्तोष धामी, ३१ वर्षीय रामबहादुर धामी रहेका छन् । 

जीप ब्रेकफेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जीप चालक ३० वर्षीय बिनोदबहादुर धामीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै डोटीमा पनि जीप दुर्घटना भएको छ । जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप पानीखालमा दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । दुर्घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update