Paschim Express
परशुराम साहित्य महोत्सव दोस्रो संस्करण बिहीबार

डडेल्धुरा  : डडेल्धुराको परशुराम नगरपालिकाले आयोजना गर्न थालेको 'परशुराम साहित्य महाेसत्व दोस्रो संस्करण' को उद्घाटन बिहिबार गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन् ।

 

यही फाल्गुन २२ र २३ गते परशुरामधाममा स‌चालन हुने 'परशुराम साहित्य महाेसत्व दोस्रो संस्करण'ले कलासाहित्य, संगित, खेलकुद लगायतका बिबिध बिषयमा महोत्सवका छलफल हुने भएको छ । गत बर्ष देखि शुरु गरिएको परशुराम साहित्य महोत्सवका डडेल्धुराका कलासंस्कृतिहरुको संरक्षण र संबर्धन कसरी गर्न सकिन्छ भनेर बिभिन्न ब्यक्तित्वहरुसँग सेसनगत छलफल हुने गरेको परशुराम नगरपालिका नगरप्रमुख भरत बडायर जोशीले बताउनु भयो ।

 

डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव दोस्रो संस्करण’ नाम दिएर महोत्सव आयोजना गरिन थालिएको हो । साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको संरक्षणका साथै हिन्दूहरूको पवित्र धार्मिकस्थल परशुरामधामको प्रचारप्रसारका लागि साहित्य महोत्सव आयोजना गर्न लागिएको बताए ।

 

“स्कन्द पुराण र लोकोक्तिका आधारमा परशुराम नगरपालिकासँग गौरवपूर्ण इतिहास छ । सीमापारि रहेको भारतको पूर्णागिरि धार्मिक पर्यटनका हिसाबले निकै प्रचारमा छ । त्यहाँ बर्सेनि ५० लाखभन्दा बढी धार्मिक पर्यटकले भ्रमण गर्ने गरेको सुन्नमा आउँछ तर त्यो भन्दा बढी धार्मिक महत्वको परशुरामधाम प्रचार प्रसारको अभावमा ओझेलमा छ।”, नगरप्रमुख जोशीले भने, “त्यसैकारण नगरपालिका भौतिक विकासका साथै यहाँको सांस्कृतिक मूल्य, सामाजिक सद्भाव र ऐतिहासिक धरोहरहरूको संरक्षण र साहित्य महोत्सवका माध्यमबाट यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न चाहन्छ ।”

 

महोत्सव दोस्रो संस्करणमा ‘संस्कार शिक्षा, डिजिटल युगका युवा, अवसर र चुनौती, गजल साझ लगायतका सत्रमा विमर्श हुने आयोजकले जनाएको छ । ती सत्रमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका कवि, साहित्यकार, सञ्चारकर्मी र संस्कृतिका विशिष्ट अध्येता व्यक्तिहरू विमर्शमा सहभागी हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update