Paschim Express
छबिसपाथिभेरा जीप दुर्घटना : एक जना घाइतेको उपचारको क्रममा मृत्यु

बझाङ्ग : खोरीमा दुर्घटना परेको जीप र घाइते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुड्खोरीका इनार महत रहेका छन् । उनको टाउको र कम्मरमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएर जिल्ला अस्पताल सिमखेत ल्याइएका उनको उपचारका मृत्यु भएको अस्पतालले जनाएको छ ।

भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज बिहान १०:३० बजे छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये करिब २५ वर्षीय इनार महतको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । जीपमा चालक विनोद धामी सहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ ।

 बाँकी दुर्घटनामा परि घाइते भएका छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरीका पाँच जना रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी जिल्ला अस्पतालमा उपचाररत छन् । जीप चालक र अन्य दुई जनाको अवस्था भने सकुशल छ 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update