Paschim Express
यी हुन् अमेरिकाबाट निकालिएका ८ नेपाली

काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीहरू लिएर आएको विमान काठमाडौं आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब १० बजे अवतरण गरेको उक्त विमानमा ८ जना नेपाली रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

स्रोतका अनुसार नेपाल फर्काइएकामा सुष्मा घर्ती, लक्ष्मण कालेल, सुकमार पुनमगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती, कमल प्रकाश ओली र तीर्थ बहादुर थापा रहेका छन् । 

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै अवैधानिक आप्रवासीविरुद्ध कडा नीति अपनाइँदै आएको थियो, जसलाई हालसम्म निरन्तरता दिइएको छ ।

नेपाल मात्र नभई, अमेरिका अन्य विभिन्न देशका अवैधानिक आप्रवासीहरूलाई समेत उनीहरूको मूल देश फर्काइरहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update