Paschim Express
अमरगढी–८ को नौलो काम, पानीको मुहान संरक्षण गर्न उग्रतारा क्षेत्रमा रिचार्ज पोखरी

डडेल्धुरा । खानेपानीका मुहान सुक्न नदिन डडल्धुराको अमरगढी नगरपालिका– ८ मा अवस्थित उग्रतारा मन्दिर क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिन थालेको छ । वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटबाट उक्त क्षेत्रमा ४ वटा रिचार्ज पोखरी निर्माण गरिरहेको वडाअध्यक्ष नरबहादुर साँकीले बताए । 

481764443_1680243489540609_438796432476474470_n-1741171661.jpg
उनका अनुसार उक्त शिर्षकको २ लाख ८९ हजार बजेटमध्येबाट स्थानीयलाई रोजगारीसँगै पोखरी निर्माणको काम धमाधम भइरहेको छ । ‘पहिले उग्रतारा क्षेत्रमा एउटा पोखरी थियो । त्यसैमा बर्सातको पानी जम्मा हुने गरेको थियो । तर, हाल उक्त पोखरी पुरिएर उग्रतारा क्षेत्रका खानेपानीका मुहान सुक्न थालेपछि वडा कार्यालयबाट सोही पोखरी पुननिर्माण सँगै थप ३ वटा पोखरी थपेका छौं’ उनले भने । 

481670396_1680243779540580_810692676034421477_n-1741171615.jpg
उनका अनुसार वडाले स्थानीयलाई रोजगारीसँगै उग्रतारा क्षेत्रका न्वाला तथा मुहानहरु सुक्न नदिन यो कार्य थालेको हो । ‘विगत एक महिनादेखि पोखरी खन्ने काम भइरहेको छ । बजेट पुगेमा थप पोखरी पनि खनिनेछन्’ वडाअध्यक्ष साँकीले भने ।  वर्षाको समयमा आकाशे पानी संकलन गर्न पनि रिचार्ज पोखरी प्रभावकारी हुने उनले बताए ।

के हो ‘रिचार्ज’ पोखरी, कसरी काम गर्छ ?

रिचार्ज पोखरीभूमिगत जलस्तर वृद्धि गर्न डिजाइन गरिएको एउटा कृत्रिम पोखरी हो । यसले वर्षा वा अन्य स्रोतबाट संकलित पानी भूमिगत एक्विफरमा पठाएर जल पुनर्भरण  प्रक्रिया सहज बनाउँछ ।

रिचार्ज पोखरी कसरी काम गर्छ ?
पानी संकलन:

-वर्षा पानी, नदी, खोल्सा वा ढल निकासबाट पानी संकलन गरिन्छ ।
-पानीलाई पोखरीमा जम्मा गरिन्छ ।
फिल्टरेशन (गुणस्तर सुधार):

-पोखरीको पिँधमा बालुवा, कंक्रिट, कंक्रिट ग्रेवल, तथा चारकोलको तह राखिन्छ।
-यसले पानीमा भएको फोहोर, लेदो, र अन्य अशुद्ध पदार्थहरू हटाउँछ।
भूमिगत जलमा प्रवेश:

-पोखरीको भुइँ प्राकृतिक रुपमा छिद्रयुक्त हुन्छ (यदि छैन भने, आर.सी.सी पाइप वा बोरहोल राखिन्छ)।
-पानी विस्तारै माटोमा पस्दै भूमिगत जल तहमा पुग्छ।

जलस्तर वृद्धि:

-पुनर्भरण प्रक्रियाबाट स्थानीय जमिनको जलस्तर बढ्छ।
-जमिनमुनि पानीका स्रोतहरू भरिन्छन्।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update