Paschim Express
‘मुसुर्दानी’ बाट चर्चा कमाएका डडेल्धुराका रोहितले ल्याए ‘बाडुली’ [भिडियाेसहित]

डडेल्धुरा । डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकामा जन्मिएका रोहित देउवा ‘मुसुर्दानी’ गीतबाट व्यापक चर्चामा आएका थिए । । ‘मुसुर्दानी’ गीतले टिकटकमा एक विशेष स्थान बनाएको थियो र यस गीतका विभिन्न टुक्काले लाखौं टिकटक प्रयोगकर्ताहरूलाई आकर्षित गरेका थिए । 

अब भने उनले नयाँ गीत ‘बाडुली’ लिएर आएका छन् । देउवा नयाँ गीतसँगै एक नयाँ संगीत यात्रामा लागेका छन् । ‘बाडुली’ गीतमा डिक्रा देवी बडी, रोहित देउवा र मनिषा सुनारको आवाज रहेको छ भने कोरसमा रुपी सिंजाली मगर, प्रतिमा विश्वकर्मा, गणेश गिरी, र रोहित देउवा (जुनियर) ले साथ दिएका छन् । गीतको संगीत र शब्द पनि रोहित देउवाले नै तयार गरेका छन् ।

गीतको निर्माणमा अनिल धितालको संगीत एरेन्जमेन्ट छ भने मादल, बाँसुरी, र सारंगी जस्ता नेपाली मौलिक वाद्ययन्त्रहरूको प्रयोग गरिएको छ । रेकर्डिङ समीर कार्कीले गरेका छन् र मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीले गरेका छन्।

‘बाडुली’ गीतको भिडियो गौरव गिरीले निर्देशन गरेका छन् र सिनेमाटोग्राफी अनिल के. मानन्धरले गरेका छन्। भिडियोलाई भद्रजंग कुँवरले ड्रोनका माध्यमबाट झल्काएका छन् । प्रमुख भूमिकामा दिपेन्द्र जोशी र सुस्मिता कुँवर देखिएका छन्, जसले गीतलाई दृश्यात्मक रूपमा अझ प्रभावकारी बनाएका छन् ।

गीतको छायांकन डडेल्धुराकाे अजयमेरु गाउँपालिका र ग्यानपधुरा गाउँपालिकाका विशेष स्थानहरूमा गरिएको छ, जसले सुदूरपश्चिमको सांस्कृतिक मौलिकता र सौन्दर्यलाई उजागर गरेको छ।

गीतबारे रोहित देउवा भन्छन्र, “मुसुर्दानी गीतले मलाई समाजमा चिनाउने अवसर दियो । अब, ‘बाडुली’ गीतसँगै म अझै केही नयाँ प्रयास गर्दैछु । देउडा र नेपाली संगीतको विशालतामा म एउटा सानो हिस्सा मात्र हुँ, र संगीतका माध्यमबाट समाजमा केही सन्देश दिन चाहन्छु ।”

 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update