Paschim Express
डडेल्धुरामा अटो दुर्घटना: घाइते दुई जना धनगढी रेफर

डडेल्धुराः डडेल्धुरामा अटो दुर्घटना हुँदा घाइते भएका  दुईजनालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । हिजो  दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका–५ घर भएका ४७ वर्षीया लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको प्रहरीले बताएको छ। 

अटो गोदामदेखि आलिताल–५ बहिरिसैनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ह १७४० नम्बरको अटो दुर्घटना भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update