Paschim Express
भीमदत्त राजमार्गमा  जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते

डोटी । डोटीबाट धनगढी तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप शनिबार राति कैलालीको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेको हो ।

आफै अनियन्त्रित भई जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारेका २२ वर्षीय शङ्कर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीका चिकित्सकले मृत घोषणा गरेका थिए । 

जिपमा सवार अन्य तीन जना पनि घाइते भएका छन्। घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद रहेका छन् ।

घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update