Paschim Express
दसैंमा पानी पर्छ की पर्दैन ? यस्तो भन्छन् मौसमविद्

काठमाडौं : यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँको टीकासम्म खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

उनका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । आज केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताए ।

त्यस्तै बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update