
डडेल्धुरा । डडेल्धुरा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाल यौन दुव्र्यवहार मुद्दामा दोषी ठहर भई ५ महिना १५ दिन कैद सजाय, ३५ हजार रुपैयाँ जरिवाना, ३५ हजार क्षतिपूर्ति तथा १ हजार ४ सय पीडित राहत कोष जरिवाना तोकिएका आलिताल गाउँपालिका–६ फल्लेखर्कका २४ वर्षीय विक्रमबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी, बिना अनुमति सालको रुख काटेको अभियोगमा प्रतिब्यक्ति ३ महिना कैद सजाय तथा १ लाख ३२ हजार ८ रुपैयाँ जरिवाना तोकिएका पर्शुराम नगरपालिका–७ का ४२ वर्षीय हर्कबहादुर धामी, ४६ वर्षीय महाबिर धामी र ६० वर्षीय चक्र धामीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत डडेल्धुराले फरार रहेका उनीहरूलाई विभिन्न मितिमा कैद तथा जरिवानाको फैसला सुनाएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चारै जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।