
कञ्चनपुर । कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–९ “ख” गाँउ खाती चोकमा पुनर्वासबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ क ५९२ नम्बरको टेलर गाडीले आइतवार ठक्कर दिँदा बैतडीको शिबनाथ गाउपालिका–५ सरमाईली घर भई हाल पुनर्वास नगरपालिका–९ “ख” गाँउ दाजुको घरमा बस्दै आएको ४० वर्षीय सुन्दर सिंह साउदको घट्नास्थलमै मृत्यु भएको छ ।
टेलर गाडी र टेलर गाडी चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ३८ वर्षीय पिताम्बर कलौनीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय