
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ ले साढे चार लाखका सांस्कृतिक सामग्री वितरण गरेको छ ।
वडाभित्रका होली समितिहरुलाई सांस्कृतिक सामग्री वितरण गरिएको वडाध्यक्ष हरि भण्डारीले जानकारी दिए ।
उनका अनुसार होली समितिहरुलाई मादल, हार्मेनियम लगायतका विभिन्न सांस्कृतिक सामाग्री हस्तान्तरण गरिएको हो ।
सांस्कृतिक जगर्ने गरौं, सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित होली कार्यक्रम पनि आयोजना गरिएको वडाध्यक्ष भण्डारीले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय