Paschim Express
डडेल्धुरा अस्पतालमा नेविसंघद्धारा फलफूल वितरण

डडेल्धुरा । डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले दसैंको अवसरमा डडेल्धुरा अस्पतालमा उपचाररत बिरामी, उनीहरुका कुरुवा र कर्मचारीलाई फलफूल वितरण गरेको हो ।

 

बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाली विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए । उनका अनुसार अस्पतालमा ५० जनालाई फलफूल वितरण गरिएको हो ।

 

‘नेपाली काँग्रेसले दसैँ, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा देशव्यापी विभिन्न कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘डडेल्धुरामा हामीले बिरामीलाई फलफूल वितरण गरेका हौं । त्योसंगै शुभकामना आदानप्रदान पनि गरिएको छ ।’
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update