
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको भोकाधिकार र रुख कटानको आदेश दिने सहमति जुटेको छ।
मंगलबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले तथा वन मन्त्रालयका सचिव डा दीपक खराललगायतका अधिकारीहरूबीच मन्त्रालयमा भएको छलफलमा भोकाधिकार र रुख कटानको आदेश दिने सहमति भएको हो।
यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा पूर्वमन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको भन्दै ध्यानाकर्षण गराएका थिए।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १०:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय