Paschim Express
बाजुरामा ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु

बाजुरा । बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्गस्थित जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु.प.प्र ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित भर्इ सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update