Paschim Express
बिहानै ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ ।  धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रकले जनाएको छ 

भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो। छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।

भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update