Paschim Express
इजरायलमा मारिएका ३ जना सुदूरपश्चिमेलीको शव ल्याइयो, आजै हेलिकप्टरमार्फत धनगढी लगिने

काठमाडौं । इजरायलमा मारिएकामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो।

पहिलो चरणमा सुदूरपश्चिम घर भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज बिस्टको शव आएको परराष्ट्र मान्त्रालयले जनाएको छ ।आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ। शवहरू आजै नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइने बताइएको छ।

गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update