Paschim Express
डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

डडेल्धुरा । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ ।

सभापतिमा प्रकाश अवस्थी१६७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत पाए ।

यस्तै सचिवमा नेविसंघका भुवन बोहरा, कोषाध्यक्षमा बिन्द्रा धामी, सदस्यहरुमा केशब बोहरा, निर्मला धामी, सरस्वती सुनार, अस्मिता खड्का, उषा पाण्डेय (उर्मिला) र निराजन बोहरा निर्वाचित भएका छन् । विजयी भएका सबै नेविसंघकै उम्मेदवार हुन् ।

निर्वाचनमा अखिल क्रान्तिकारीका लोहार नेतृत्वको प्यानलमा क्रान्तिकारी र अनेरास्ववियु सम्मिलित थियो भने नेविसंघ एक्लै चुनावी मैदानमा उत्रिएको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update