Paschim Express
डोटीमा चट्याङबाट एक जनाको मृत्यु, ७ घाइते

डोटी । डोटीमा चट्याङ परी एक जनाको मृत्यु भएको छ ।

चट्याङले ७ जना घाइते भएका छन् । ग राति जिल्लाको सायल गाउँपालिका–६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन् ।

उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। सो चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update