
कैलाली । कैलालीमा यूकेजीमा अध्यनरत ७ वर्षीया बालिकामाथि विद्यालयमै जबरजस्तीकरणी भएको छ । टीकापुर नगरपालिका–४ मा रहेको राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा ७ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको पाइएको हो ।
बलिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) नवीनराजा बुढाथोकीले बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा किशोरलाई ११ चैतमा पक्राउ गरिएको हो । घटना भने ६ चैतको भएको प्रहरीले जनाएको छ । बालिकाको यौनीबाट रगत बग्न थालेपछि उनीमाथि जबरजस्तीकरणी भएको खुलेको थियो ।
बालिकाको बयानका आधारमा उनकी आमाले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । तर अहिले भने घटना मिलाउनुपर्ने भन्दै पीडित परिवारमाथि अनावश्यक दबाब दिइएको छ ।