Paschim Express
सेती नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला

डोटी। डोटीमा सेती नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

जिल्लाको शिखर नगरपालिका–४ बनोली बस्ने गणेश महराका १९ बर्षिय छोरा नरेश महराको शव फेला परेको प्रहरीले जनाएको छ।

महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए। स्थानीय र प्रहरीको सहकार्यमा शुक्रवार खोलामै युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update