Paschim Express
डोटीमा शिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु

डोटी। सिकार खेल्न जाँदा गोली लागेर डोटीका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडीकेदार गाउँपालिका–२ बर्छैन बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बिहीवार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाको किनारमा शिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका–१ रजेडका ४८ वर्षीय कमल सिँह खड्काकाले बोकेको भरुवा बन्दुक पड्किँदा नरेशको दायाँ छातिमा गोली लागि घट्नास्थलमै मृत्यु भएको हो।

घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका–१ रजेडाका ४८ वर्षीय कमल सिँह खड्का, सोही स्थानका २६ वर्षीय खेम खड्का, ५२ वर्षीय तारा सिँह खड्का, बडीकेदार गाउँपालिका–२ बर्छैन बस्ने ३९ वर्षीय तेजेन्द्र भाट, सोही स्थानका ४० वर्षीय अम्मर शाह, ३१ वर्षीय चक्र भाट, १८ वर्षीय सुनिल बम, ३७ वर्षीय गणेश घर्तिमगर, ७१ वर्षीय मानबहादुर शाह र बडीकेदार–२ गर्भुजा बस्ने २६ वर्षीय जुलेश नामजाली मगर रहेका छन्। 

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डोटी प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update