Paschim Express
शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त,  भोलि सपथ

काठमाडौं -  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका हुन्। 

पन्तको भोलि (बिहीबार) सपथग्रहण हुने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । 

विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उक्त जिम्मेवारी पन्तलाई दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update