Paschim Express
डडेल्धुराको कालापथ्थर सामुदायिक वनमा आगो लगाउने कैनी पक्राउ

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका–६ दमडा स्थित कालापथ्थर सामुदायिक वनमा भएको आगलागी प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार वन क्षेत्रमा आगलागी भएको सूचना प्राप्त भएलगत्तै प्रहरी टोली खटिएको र आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको हो। आगलागी कसले गराएको भन्ने अनुसन्धानका क्रममा अमरगढी नगरपालिका–७ निवासी २७ वर्षीय सुनिल कैनीले आगो लगाएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिएका छन्।

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update