
धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलकाे कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतकाे पलियाबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे ।
उनकाअनुसार दमाईलाई पलियामा लुकेकाे अवस्थामा पक्राउ गरिएकाे हाे ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलकाे कार्यालय लगेका बेला भागेकी थिइन् ।
हतकडीसहित थुनुवा भागेकाे घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।
दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लाेकराज जाेशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए ।