Paschim Express
डडेल्धुराको प्रसिद्ध शिखर जाँत भोलि, गन्यापधुरामा बिदा

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वन क्षेत्रमा लाग्ने प्रसिद्ध लाटागन्यापको ‘शिखर जाँत’ असोज १० गते राति लाग्ने भएको छ । प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ । डाणाकान्तिका हिसाबले गनेर लाग्ने मेला विशेष गरि प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ । तर, यस वर्ष भने ‘मालामास’ का कारण असोजमा लाग्दैछ ।

शिखरको जाँत ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ । शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन् । गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ ।

यस्तै गन्यापधुरा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । शिखर जाँतको अवसरमा पालिकाले बिदा दिएको हो । गाउँपालिकाको कार्यालय तथा मातहतको कार्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update