Paschim Express
बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी। बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–५ ओदालीका ३२ वर्षीय रामबहादुर चन्द हिजो मंगलबार मृत भेट्टिएका हुन्। चन्द  पाटन– मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेट्टिएका हुन् । 


सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update