Paschim Express
धनगढीमा भरुवा बन्दुकसहित एक पक्राउ

धनगढी : कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।  हिजो मंगलबार राती करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ बस्ने बर्ष ४२ को राम शरण रानालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


विशेष सुराकीको आधारमा रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा पाँच थान सहित रानालाई नियन्त्रणमा लिइएको हो।


 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update