Paschim Express
जमराको जुसका फाइदै फाइदा

काठमाडौं । दसैंंमा लगाउने जमराले स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ। गहुँको जमरा स्वास्थ्यका लागि एकदमै राम्रो हुन्छ। यसमा भरपूर मात्रामा न्यूट्रियन्ट्स पाइन्छन् । जमरामा पाइने भिटामिन ए, बी, सी, ई, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेशियम स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छन्।

जमरामा फाइबर पनि भरपूर मात्रामा पाइन्छ। यो पाचन तन्त्रका लागि पनि एकदमै फाइदाजनक साबित हुन सक्छ। यस्तोमा दैनिक जमराको जुस वा पाउडर खानाले कब्जियत, अपच जस्ता पेटसँग जोडिएका कैयौँ समस्या हुँदैनन्। जमराले लिवर र किड्नीलाई पनि स्वस्थ राख्छ।

जमराको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ। यसमा आइरनको मात्रा राम्रो पाइन्छ जसले रगतको कमी हुनबाट जोगाउँछ।

मधुमेहको समस्यामा पनि जमराको सेवन एकदमै राम्रो मानिन्छ। जमराले शरीरमा कार्बोहाइड्रेट«टलाई अब्जर्ब हुन दिँदैन जसले रगतमा सुगर बढ्ने प्रक्रियालाई रोक्दछ।

जमरामा क्यान्सर जस्तो ज्यान लिने बिमारीबाट बचाव गर्ने क्षमता हुन्छ। यसमा हुने क्लोरोफिलले शरीरलाई फ्री रेडिकलबाट हुने नोक्सानबाट जोगाउँछ। 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update