Paschim Express
बझाङमा खोलामा डुबेर बालकको मृत्यु 

बझाङः बझाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा डुबेर मृत्यु भएको हो। उनी मंगलवार दिउँसो ३ बजे ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

उनी बगेको केहीबेरमा नै मृत फेला परेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update