Paschim Express
केही पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौ। देशका पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज पश्चिमी क्षेत्रका धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षासहित चट्याङ पर्ने अनुमान छ ।

यस्तै, पूर्वी र मध्य पहाडी क्षेत्रका एकरदुई ठाउँमा पनि हल्का वर्षाको अनुमान गरिएको छ । आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । अहिले भने देशका धेरैजसो ठाउँको मौसम  सामान्यतया सफा रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update