Paschim Express
अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

अछाम । अछाममा जीप दुर्घटना भएको छ। बुधवार साँझ साढे पाँच बजेतिर जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो । 

गाडीमा चालकसहित १२ जना सवार रहेका थिए। अन्य ११ जना भने सकुशल रहेका छन् । जीप चालक फरार रहेका छन् । जीपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update