Paschim Express
डडेल्धुरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

डडेल्धुरा  । डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित केआई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो ।  

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउवाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो ।

हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update