Paschim Express
बैतडीको डिलाशैनीका पूर्व अध्यक्ष बोहराको निधन

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान निधन भएको हो।

डिलाशैनी गाउँपालिका–३ घर भएका ४५ बर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो।

क्षयरोगबाट पीडित बोहराको उपचारकै क्रममा मृत्यु भएको उनका भाइ भोजबहादुर बोहराले बताए। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update