Paschim Express
कलिलै उमेरमा अस्ताए कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्कर

कञ्चनपुर । कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर) को २९ वर्षको उमेरमा निधन भएको छ । विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित कवि प्रचण्ड भाष्करको गएराति भीमदत्त नगरपालिका–१७ मझगाँउस्थित आफ्नै निवासमा निधन भएको हो ।

क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्लीसहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो । उनको उपचारका लागि आर्थिक सहयोग समेत संकलन भइरहेको थियो ।

बैतडीको शिवनाथ गाउँपालिका– २ शर्मालीमा जन्मिएका प्रचण्ड उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए। छोटो समयमै डोट्याली र नेपाली भाषाका कविता लेखेर उनी विभिन्न मञ्चमा वाचन गर्थे।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update