Paschim Express
कैलालीमा नदीमा डुबेर २ बालकको मृत्यु

धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । 

स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका–६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे ।

उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update