Paschim Express
नेपाल आइपुगे राष्ट्रसंघका महासचिव गुटरेस 


काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति एक बजे अवतरण गरेका उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए ।

आज  राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update