Paschim Express
डडेल्धुराको परशुराममा नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने, विजेताले ६१ हजार पाउने

डडेल्धुराः डडेल्धुराको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिकामा नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। नगरको वडा नम्बर ६ को कार्यालयको आयोजनामा ‘स्वर्गिय नरबहादुर धामी स्मृति पाँचौं नगरस्तरीय पुरुष खुल्ला क्रिकेट प्रतियोगिता’ हुने भएको हो। स्व. धामी सोही वडाका पूर्व वडासदस्य थिए। 

वडा नम्बर ६ कै पुरानो चौकीको खेलमैदानमा हुन लागेको उक्त क्रिकेट प्रतियोगिताको विजेताले ६१ हजार ५५५ रुपैयाँ र उपविजेताले ३१ हजार ५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिए।

 साथै उत्कृष्ट बलर र ब्याटस्म्यानलाई उचित पुरुस्कारसमेत दिइने उनले बताए। प्रतियोगिता यहि कात्र्तिक १८ गतेदेखि हुने आयोजकले जनाएको छ। 


 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update