Paschim Express
कैलालीमा ढुंगाले हानेर छोराले गरे बुवाको हत्या

कैलाली । कैलालीमा घरको आँगनको विषयमा विवाद हुँदा बुवाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेका छ ।

आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update