Paschim Express
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मंगलबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नेपालको संविधानअनुसार जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का स्थानीय बासिन्दा जोशी २०५८ सालदेखि कैलाली जिल्ला अदालत बार एसोसिएशनमा आवरुद्ध भई कानून व्यवसायीको रूपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update