काठमाडौँ । नेपाल प्रहरीका २२ जना अधिकारीहरू हाजिर हुन नआएको पाइएको छ। यसरी सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् । जसमा डडेल्धुराको अमरगढी नगरपालिका–३ घर भएका जनक साउन पनि रहेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ । उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ। हाजिर नभए सेवाबाट हटाइने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय