२०५५ सालको दशैको मध्यतिर हामी बिदा मनाई रहेको थियौं ।
तेति बेला हाम्रो दैनिक हुन्थ्यो ।
साझ महाकाली नदीमा जाल हाल्ने र बिहानको झिसमिसेमा तेही चिसो पानीबाट जाल निकाल्ने ।
मेरो र रामबहादुरको घरबाट महाकाली नदी दुई किलोमिटरको दुरीमै छ ।
हाम्रो मात्रै होईन मेरो गाउँमा अधिकांश स्कुले उमेरका सबैको यस्तै दैनिकी थियो । तल हाप पाइन्ट हामी अलि मोटो कपडा लगाएर दैनिकी नित्यकर्म झै गरेर हामी त्यही चिसो पानीमा ढुबुल्की मादैं माछा खोजिरहन्थ्यौं ।
हाम्रो लागि दशै बिदा भनेपछि माछा बढी पाईने भन्दै थप हौसला मिल्ने गर्दथ्यो ।
त्यसैमा रामबहादुर र मेरो त दैनिकी नै त्यसैमा बित्ने गर्दथ्यौं । साँझ प¥यो जाल खोज्य, बिहान प¥यो तेही जाल महाकालीबाट निकाल्मै बित्ने गर्दथ्यो । हाम्रो रहेक दिनको खुसी जालमा पर्ने माछाले छुट्याउने गर्दथ्यो । तर मेरो भने जाल थिएन् । रामबहादुरकै जालको साहरामा रहेक दिन महाकाली नदी किनारमा पुग्ने गर्दथ्यौं ।
माछा बढी परेको दिन बढी खुसी , नपरेको दिन निरास हुदै बित्ने गर्दथे । त्यही माछाका कारण दशै बिदा, होमवर्क सबै नगरी बित्ने गर्दथे । हाम्रो विद्यालयका अलि लामो बिदा दुई पटक हुने गर्दथ्यो । एक बर्षातको समयमा र अर्को दशै तिहारमा । ति विदाहरुले हाम्रो जिवनका लागि कहिले पनि पढाईको अवसर बनेनन् । सायद त्यसै सामाजिक अवस्थाका कारण होला ।
तेही बिदाले हामी बिच एक कुरा फरक गर्ने गर्दैथ्यो । उ रहेक बर्खै विदामा एक महिना भारत काम गर्न जान्थ्यो भने म कहिले पनि भारत गइन् । तर यस पाली यसले दशै तिहारको १५ दिन भएपनि भारत गएर काम गर्ने निधो ग¥यो ।
तिहार पछि विद्यालय लाग्न समय नजिकीगदैं शिक्षकले दिएको गृहकार्यको चटारो नियमित चलिरहन्थ्यो ।
जेनचेन गृहकार्य सकेपछि उही पुरानै दिन शुरु हुने रहेक बर्ष ।
यसै बर्ष हाम्रो ५ कक्षाको बोर्ड परीक्षा भयो । यो बोर्ड परीक्षाले हाम्रो साथ निर्धारण गर्नेवाला थियो । रामबहादुरले धेरै पटक भन्ने गर्दथ्यो । ‘यो परीक्षा पास भएन भने म दिल्ली जाने हुँ ।’ सायद उसले भनेजस्तै भयो । दुबैको साथ परीक्षाको प्रतिफलले निधारण ग¥यो । परीक्षा दिएर भारत झिरेका रामबहादुर परीक्षा फल नकुरी पढाई छोड्ने निधोमा पुगे । उनी मझदुरीमै रमे ।
रामबहादुरले मलाई पटक पटक भन्ने गर्दथे घरको अवस्थाले भारत जानैपर्छ । मेरो घरमा कमाउने कोही छैन ।
हाम्रा दुरदराजका गाउँमा परिवारको पेट पाल्न पुग्लान जानु पर्ने बाध्यता जस्तै छ । घरमै बसु खान पुग्दैन् । पढाईलाई निरन्ता दिउ । जागिरको ठेगान छैन । बिहान खायो । साझ के खाउ भन्ने अवस्थामा दैनिकी चलिरहेको हुन्छ ।
यस्तै अवस्थामा रामबहादुर पनि थिए । मेरो भन्दा उनको परिवारीक अवस्था अहिले बढी खराब थियो । उनले दैनिक चलाउन पुग्लानको साहना लिनै पर्ने थियो । बर्षमा दुई पटक कमाएको पैसाले उनको दैनिक चल्ने गर्दथ्यो ।
घरमा बुढा बुवाआमाले केही गर्नसक्ने अवस्थामा पनि थिएनन् । सायद यही कारणले होला भनेर उनले पढाई बिचमै छोडे । बर्षभरी काम गरेर नयाँ कपडा ल्याईदिने उनैकै जिम्मेवारीमा थपिदै गयो ।
२५ बर्षपछि यसपाली रामबहादुरसँग दशै भन्दा अघि भेट्ने मेसो मिल्यो । हामीमा आत्मीयता उस्तै थियो । धेरै बर्षपछि भेट भएका कारण भलाकुसारी लामै भयो । गाउँठाउँको अवस्थामा देश अवस्थासम्म चिन्ता गरियो । हामीले चिन्ता गर्दा सुर्धिने त होईन तर पनि चिन्ता गरियो । यसै अवस्थामा रामबहादुरले मलाई घत लाग्दो कुरा सुनायो ।
उनी भारतबाट बर्षमा तिन पटक घर आउने गर्दछन् । चाडबाँड र खेतीपानी गर्न मात्रै ।
हामी देशमा बसेका भन्दा बिदेशमा बसेकाहरुले हाम्रो समाज र देशको बारेमा चिन्ता बढी गर्ने गरेछन् नी । उनले सुनाउँदै थिए । भारतमा साहुँले रहेक दिन केही न केही बाहनामा मजदुरलाई दुख दिने गर्दछ । त्यो सोच्दा सबै कुरा छोडेर गाउँ फर्किऔं जस्तो लाग्छ तर परिवारको अनुहार झलझली आउँछ अनी जे बेदाना भनि बस्नु पर्ने बाध्यता छ ।
गाउँ फर्किएपनि रोजगारीको कुनै अवसर छैन । भएका अवसरहरुपनि नेताका आसेपासेहरुकै खल्तीमै हुन्छ । कृषि गरौं त्यस्तै छ । ब्यापार गरौं उधारोमै सकिन्छ । गाउँमा हुनेखाने बाहेक अरुको बसाई दुखत छ । परदेशमा सेठहरुको बोलीले मन घरी घरी रुन्छ । रहेक शब्दमा हेपाहा प्रबृति लुकेको हुन्छ । गाउँमै अवसर पाईने भए को जान्थ्यो र अर्को देशमा ।
पढ्ने लेख्ने उमेरमा गाउँमा परिवारजान छोड्र जान मन कसलाई पो हुन्छ र ? तपाईहरु जस्तै गाउँमै भएका स्कुलमा पढेर केही गर्न मन मेरो पनि थियो नी । पढे लेखेका लागि त भारतमा पनि राम्रो जागिर छ । तर म जस्ता कम पढेका मान्छेहरुको जिवन भारतमा तेतिराम्रो छैन । अरु देशमा काम गर्दा के त धेरै राम्रो सिप हुनेहरु राम्रो पैसा पनि कमाउँछन् । की धेरै पढेलेखेकाहरु कमाउँछन् । मेरो आमाबुवा, श्रीमति र छोराछोरीले नयाँ लुगाउ लगाउने भनेकै काजबार(दशैतिहार वा नयाँ बर्षमा) हुन् । मैले कमाएको अधिकांश पैसा उनीबाट किनेर ल्याएको समानमा सकिन्छ । दुईचार महिना टिक्छ फेरी अरु दिन चलाउन उतै जानु पर्छ ।
मेरो श्रीमती छोराछोरीका हुनेखानेका छोराछोरी जस्तै धेरै सपना छन् होला र चाहेपनि ति सपनाहरु पुरा गर्न सक्ने अवस्थामा छैन् ।
एक परदेशी मझदुरले लाखौं मुल्यको पसिना चुहाएर हजार मात्रै कमाउने हो । धेरै सपनहरु दबाएर बस्नु पर्ने हुन्छ । हामीले बर्षभरी कमाएपछि पैसा दशैमा दुईचार छाक खसीको मासु आएर सकिन्छ । मलाई कहिले काही लाग्न हामी गरिबका लागि दशैं, दशैं होईन दशा भएर पो आउँछ ।
एकै समाजमा बस्नेहरु चिल्ला बसाई र कुराले घरीघरी मन कुटुकुटु काटिरहन्छ । हुनेखानेहरु सधै हुनेखाने भईरहेने यो समाजमा गरिब झन गरिब भईरहेको हुदो रहेछ । अहिले पनि सोच्दैछु । छोराछोरी जेनतेन पढाएर । नेपालमै केहिल गर्न सक्ने बनाउु । हामीले भए पनि नभएपनि भाग्यलाई दोस दिन लागि रहन्छौं । तरपनि छोराछोरीलाई कर्म गर केही न त केही होला भनेर सम्झाउने गर्दछु ।
म मेरो आफन्तलाई बढी दक्षिणा दिन पनि सक्दैन् । मैले जेनतेन कमाएको दुईचार हजारले दशैतिहार सिद्ध्याउनु छ । मेरो छोराछोरीले बर्ष दिनमा दुई चार पटक मात्रै खसीको मासु खान पाउँछन् । दशै तिहारमा काटिने खसीबोका जस्तै मेरा छोराछोरी सपनाहरु पटक पटक मैले काट्नु पर्ने बाध्यता छ । उनीहरुले भने अनुसारको लुगाफाटो किन्न सकिएको छैन । उनीहरुले भने अनुसारको खानपान दैनिक खुवाउन सकेको छैन ।
उनी थप्दै थिए । ‘साझा बिहान खान नपुग्ने मान्छे नेता भएपछि कसरी एकाएक बलेरो र स्र्कापियोमा सवार हुन सक्छ र ? उसको दैनिकी कसरी एकाएक परिवर्तन हुदो रहेछ ?
मैले भारतमा जेनतेन मझदुरी गरेर परिवार पाल्न पनि मुस्कीन हुन थालेको छ । तर हाम्रो नेताहरुको दैनिकी कसरी एकाएक ‘दिन दुई गुना राता चौगुना’ कसरी हुन्छ ।
रामबहादुर र मेराे चिन्ता एक वडा अथवा एक नगर गाउँकाे मात्रै हाेइन समग्र हाम्राे समाजकै हाे । समग्र समाजकाे बिम्बकाे रुपमा मेराे र रामबहादुर चिन्ता हाे । नेताहरुले सधै भोट राजनिति भन्दा समाज परिवर्तनको राजनितिक गरिए कति राम्रो हुने थियो । हामी जस्ता ब्यक्ति हुनेखाने नेताहरुका चिल्ला भाषणमै भुल्ने परिपाटीले समाज परिवर्तन गर्न सकिएको छैन ।
मेरो साथी रामबहादुरको कुरा सुनेर म झसंग भए, एक जना परदेशी मेरा मित्र आफु बसेको समाज र देशमा कति चिन्ता गर्दा रहेछन् । सोच्दछु यसरी नै राम्रो रहेक नेताहरु देश र समाजको बारेमा सोचिदिएको भए सायद समाजमा यस्तो खाडल आउने थिएन् की । समाज परिवर्तन गर्ने नाराले भरिएको मेरो समाज अहिले एक छाक खान परदेशको मझदुरी गर्नु बाध्य छ ।
उनी एकशुर भन्दै थिए । अब हाम्रो त केही परिवर्तन हुन्छ भने सोचेका थिए । तर केही हुने जस्तो देख्दीन् । रहेक निरासाका पहाड मात्रै थपिएका छन् । जिन्दगी भर कति भारतमै काम गर्ने सबै कुरा ठिकठाक भए आफ्नै गाउँमा केही सानोतिनो काम गरुला भन्ने सोचेका थिए । यसपाली घरपुग्दा थप दिक्कदार लागेको छ । तपाई हाम्रो पुस्ताले अरुको देश भन्दा यतै काम गर्न सक्ने भए राम्रो हुने थियो तर दैनिक झन झन कष्टकर बन्ने जस्तो छ ।
उनले भनेको कुरा सुन्दा दन्त्य कथा जस्तै लागेपछि हाम्रो अहिलेको समाजको यर्थात यही हो । रामबहादुर जे भन्दै थिए उनले अहिलेको गाउँ समाजको परिवेश भन्दै थिए । गाउँमा अनुभव सुनाए । सायद जिन्दगीमा रामबहादुरले भनेजस्तै उनले सोचेजस्दै समाज परिवर्तन भईदिने हो भने हाम्रो लागि धेरै परिवर्तन के आवश्यक थियो । हुनेखाने भन्दा गरिबगुद्यालाई सहज हुने, गरिखाने वातावरण हुने, शिक्षा स्वास्थ्य र रोजगारी सहज पाईने भए किन परदेशीको बाटो सोज्नु पर्ने थियो र ?
रामबहादुर बेलिबिस्ता सुनेपछि मैले भने हो साथी तपाई हामीले सोचेजस्तो अहिलेका नेताहरुले गरिने दिने हो भने समाजपरिवर्तन हुने धेरै समय लाग्दैन् तर सबै आफ्नो भुडी भर्नमै ब्यस्त भएको समाज हो ।
हामीले पढ्ने बेलाको बिद्यालयको अवस्था झन खस्कीएको छ । गाउँमा भएका खानेपानी योजना रहेक बर्ष अलपत्र पर्ने गर्दछ । एक बर्ष बनाएको सिचाई योजना अर्को चल्दैन् ।
गाउँमा कक्षा १२ पास गरे बिदेश जाने सिफारिस बनाउन वडा कार्यालयमा हाम्रा कलिला भाईबहिनाहरुको भिड छ । उनीहरुको मनोभावना बुझ्दा यो देशमा केही छैनन् भन्छन् । तर यो देशमा सबै थोक छ तर जनभावना बुझिदिने नेतृत्व छैन ।
एउटालाई भरोसा गरियो । उ आफ्नै लागि पाँच बर्ष खर्च गर्दछ । अर्कोलाई भरोस गरियो । यस्तै यस्तैमा हाम्रो दिन सकिन थालेका छन् । जति जोगि आए कानै चिरेका भने जस्तै छ तिरको हालखबर ।
गाउँमा कति पनि सुधार नभएको भने होईन तर धेरेथोर काम भएका छन् । गाउँको ठुलो बजेट हुने खानेहरुकै पक्षमा छ । रामबहादुर र म बिच कुरा एकगाउँमा मात्रै होईन हामी समग्र नेपाली समाजको पछिल्लो अवस्था चिन्तामा छौं ।
२५ बर्षको अन्तरालमा गाउँमा धेरै कुरा परिवर्तन भएका छन् । मैले र रामबहादुर गाउँ छोड्दा बखतको गाउँ र अहिलेको गाउँमा फरक छन् । बाटाघाटा बनेको छन् । मानिस बढी चेतनशिल भएका छन् । मानिसहरु गाउँभन्दा सहर मुखि बढी भएको छन् । गाउँमा हाम्रो भन्दा मेरो भन्ने परम्परा बढेको छ ।
रामबहादुरका कुरा सुन्दा गाउँको चिन्ता परदेशबाट पनि धेरै हुदो रहेछ । मेरो साथीहरुको यस्तै चिन्ता र सदासयताले अवश्य पनि कुनै दिन मेरो समाज, मेरो गाउँ, मेरो देश अवश्य परिवर्तन हुनेछ ।
अब मेरो भन्दा समग्र समाज परिवर्तन हुन जरुरी छ । जनताले चाहेको परिवर्तन हुन जरुरी छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, कृषि, पशु अनुदान आदी आदी जनतामुखि हुनु जरुरी छ । दशैंले मेसो पारेको हामी दुबैको पच्चीस बर्षे भलाकुसारीलाई बिट मार्दै हामी अर्को पटक आत्मीयता साट्ने बाचा सहित बिदाबारी भयौं ।
[email protected]