Paschim Express
विश्वकप छनोटमा नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित
तस्बिर : क्यान

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई, दुई विकेट लिए ।

यस्तै, सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरे भने आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडे ।

अब, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र  १६ गते बिहीवार ओमानसँग खेल्नेछ । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update