Paschim Express
अब नागरिक एपमा भएको लाइसेन्स देखाउँदा पनि ट्राफिक प्रहरीले मान्ने

काठमाडौं । अब ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र(लाइसेन्स) जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ ।

यसअघि ट्राफिक प्रहरीलाई सक्कलै चालक अनुमतिपत्र  देखाउनुपर्ने बाध्यता थियो। तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ।

यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update