Paschim Express
सुदूरपश्चिममा तीन दलका नेताले फिर्ता गरे सरकारी गाडी

भदौ २१ गते बसेको सार्वजनिक लेखा समितिले प्रदेश सभा सचिवालयलाई माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र फिर्ता माग्न निर्देशन दिएको थियो । 

सो निर्देशनपछि सबैभन्दा पहिले नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी त्यसपछि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी र माओवादी संसदीय दलका नेता खगराज भट्टले गाडी फिर्ता गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update