Paschim Express
ट्रेड युनियन काँग्रेस डडेल्धुराको युवा समिति अध्यक्षमा पाण्डेय चयन, महिला समितिमा खड्का

डडेल्धुरा । नेपाल ट्रेड युनियन काँग्रेस डडेल्धुराको महिला र युवा समिति चयन गरिएको छ । तेस्रो जिल्ला अधिवेनशनमार्फत नेपाल ट्रेड युनियन काँग्रेस डडेल्धुराको युवा समिति अध्यक्षमा धर्मदेव पाण्डेय चयन भएका छन् ।

यस्तै समितिको उपाध्यक्षमा शेरबहादुर ऐर, महिला उपाध्यक्षमा रेखा भट्ट, सचिवमा पुष्कर भट्ट र कोषाध्यक्षमा राधिका दमाई चयन भएका छन् । अन्य ४ जना सदस्य रहेका छन् । 

यस्तै महिला समितिको अध्यक्षमा सीता खड्का, उपाध्यक्षमा विष्णा ऐर, सचिवमा शारदा तमोली र अन्य ६ जना सदस्य रहेका छन् । ट्रेड युनियन काँग्रेस डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष टेकराज पाण्डे विशिष्ट अतिथि रहेका थिए ।

प्रमुख अतिथि भण्डारीले ट्रेड युनियन काँग्रेसमा आवद्धहरुका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने तयारी रहेको बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update